शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अत्तरियाले विराटनगरलाई पराजित गर्दा महेन्द्रनगर प्लेअफमा

अत्तरियाले विराटनगरलाई पराजित गर्दा महेन्द्रनगर प्लेअफमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा लिग चरणको आफनो अन्तीम खेलमा सिवाइसी अत्तरियासँग १० रनले पराजित हुँदै विराटनगर किङ्स प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर बाहिरिदा महेन्द्रनगर युनाइटेडलाई फाइदा पुगेको छ । विराटनगर पराजित भएसँगै समान अंक भएको महेन्द्रनगर रन रेटका आधारमा प्लेअफमा पुगेको हो । 

अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो । विराटनगका लागि आरिफ शेखले सर्वाधिक ३९ रन जोडे पनि टोलीको जितका लागि प्रयाप्त भएन । 

उनले ३४ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । पृथु बास्कोटाले ४ चौकाको मद्दतमा २७ रन जोडे । त्यस्तै असद उल्ला खान १३, अभिनास यादव १४, करन केसी १२ रनमा पेभिलिएन फर्किए ।

अत्तरियाका लागि दिपेन्द्र रावत र भुवन कार्कीले समान तीन तीन विकेट लिँदा कप्तान दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । 

यसअघि सन्नी पटेल र जयकिसन कोल्सावालाको आक्रमक अर्धशतकीय अविजित पारीको मद्दतले अत्तरियाले २० ओभरमा मात्र तीन विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको अत्तरियाका लागि जयकिसन कोल्सावालाले ५१ रनको अर्धशतकीय अविजित पारी खेलेका थिए । 

उनले ५० बलको सामना गर्दै ५ चौका र २ छक्का गरे । त्यस्तै निकै नै आक्रमक ब्याटिङ गरेका सन्नी पटेलले ६१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । पटेलले खेलको अन्तिम ओभरमा मात्र २४ रन जोडेका थिए । जितेन्द्र सिंह ठकुरी १३, कप्तान दिपेन्द्रसिंह ऐरी १० रनमा पेभिलियन फर्किए । 

विराटनगरका लागि अभिनास यादव र सुसन भारीले एकएक विकेट लिए । यस हारसँगै विराटनगरको दोस्रो चरणको यात्रा टुङ्गीएको छ । अब अत्तरियाले आफ्नो लिग चरणको अन्तिम खेल काठमाडौं गोल्डेनससँग मंगलबार दिउँसो १ बजे खेल्ने छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।