काठमाडौं - गायक पशुपति शर्माको ‘लट्न सके लुट् कान्छा’ बोलको गीतबारे सोमबार संसद् बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ। प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्मालाई जनगायकको संज्ञा दिए। जनबोली गायकलाई सरकारले गणतन्त्रका नाममा प्रतिबन्ध लगाएको आरोप उनको थियो। उनले भने, ‘सरकारले गायकको भावनालाई सम्मान गर्न जान्दैन भने जनताले पनि सम्मान गर्दैनन्। जनताको भावनाअनुसार सरकार चल्नुपर्छ।’
प्रतिपक्षी नेकपाका सांसद झपटबहादुर रावलले भने शर्मा र सिंह दुवैको आलोचना गरे। रावलले भने, ‘पशुपति शर्माले सुशील कोइरालाको पालामा मलाई जापान पनि यै... बोलको गीत गाए। यो सरकारलाई राक्षस, यमराज र कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गाए। यसलाई उनको अज्ञानता या नियत भन्ठानेको थिएँ।’
एकजना प्रतिपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको दाबी उनको थियो। उनले गीतमा कुनै प्रतिबन्ध नलगाएको भन्दै सरकारको बचाउ गरे। उनले भने, ‘पुरस्कार घोषणा गर्ने सांसदलाई यहीं गीत गाएमा म एक महिनाको तलब दिन्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४