शनिबार, साउन १६, २०८३

दशगजामा भारतको मनपरी, अझै रोकिएन एकलौटी नाली खन्‍न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- भारतले सीमा क्षेत्रमा एकलौटी रुपमा नाली खन्ने काम तीव्र पारेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा एकलौटी नाली खनिरहेको भारतले कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुर क्षेत्रमा पनि नाली निर्माण गर्न  थालेको छ।

स्थानीयका अनुसार कोसमबाबा मन्दिरको पूर्वतिर दसजगा क्षेत्रमा भारतले करिब साढे ३ किलोमिटर लामो नाला एकलौटी रुपमा निर्माण गरेको हो। सीमाको पिलर नम्बर १४९ देखि १५१ सम्मको भूभागमा नाला निर्माण गरिएको छ।

स्थानीय ज्ञान चौधरीले दुई हप्तापहिले भारतीय पक्षले सो क्षेत्रमा नाला निर्माण गरेको बताए। निकुञ्ज क्षेत्रका जीवजन्तुको संरक्षण र जनावरको प्रवेश रोक्न भन्दै भारतीय वन कर्मचारीले डोजर लगाएर नाला निर्माण गरेको उनले सुनाए।

 भारतले बनाएको नालाबाट शिवरत्नपुर गाउँका करिब ८६ घर डुबानमा पर्ने भन्दै शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य वीरमान चौधरीले सरकारको ध्यानाकर्षण गराएका थिए।

चौधरीकै नेतृत्वको एक टोलीले नाली निर्माण रोकथामका लागि आवश्यक पहल तथा छलफलका लागि शनिबार स्थलगत निरीक्षण गरेको छ। प्रदेश सभा सदस्य चौधरीले सहमतिविपरीत नेपालीलाई नै प्रयोग गरेर नाला निर्माण गरेको बताए। ‘भारतीयका गाईगोरु वारि आउने तर त्यसबापत केही नदिने, वारिको उता जाँदा त्यसबापत काममा पनि लाउने र वार्षिक प्रतिपरिवार दुई सय भारतीय रुपैयाँ असुल्ने गरेको पाइयो’, चौधरीले भने। दसगजा क्षेत्रमा गाईगोरु चराएबापत भारतीय वन विभागका कर्मचारीले नगद पनि लिने र वर्षमा ६ देखि १५ दिनसम्म प्रत्येक घरबाट नाला खन्न श्रमदान पनि गराउने स्थानीयले बताए।  

दसगजा क्षेत्रमा वस्तुभाउ चराउँदै आएका शिवरत्नपुरका बासिन्दा भारतले सीमामा तारवार गर्ने भनेपछि चिन्तित भएका छन्। अर्कोतीर भारतले निर्माण गरेको नालीले वर्षातका बेला बस्ती डुबानको खतरामा पर्ने सम्भावना बढ्दै गएको छ। वडा नम्बर ३ का वडा सदस्य भागीराम चौधरीले नालीका कारण पानी निकास बन्द भएर डुबानको खतरा बढेको बताए। दुवै देशको सहमतिमा मात्र सीमा क्षेत्रमा कुनै पनि निर्माण कार्य अगाडि बढाउनुपर्ने भए पनि भारतले नेपालका कुनै पनि निकायलाई जानकारी नदिएर नाली निर्माण गरेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नाली निर्माण भएको क्षेत्रको स्थलगत अनुगमनका लागि सशस्त्र प्रहरीको टोली शनिबार त्यसतर्फ गएको जानकारी दिए। स्थलगत अनुगमनपछि सशस्त्र प्रहरीले बुझाउने प्रतिवेदनका आधारमा अगाडी बढ्ने श्रेष्ठले बताए।

पुनर्वासको डोकेबजार क्षेत्रमा एकलौटी नाली खनेको भन्दै स्थनाीयले विरोध जनाएपछि केही दिन काम रोकेकोमा फेरि नाली निर्माण गरिएको छ। केही दिन पहिले कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट र भारतीय पक्षबीच भएको छलफलका क्रममा तत्काललाई काम रोकेर दुवै पक्षबीचको छलफलपछि काम अघि बढाउने समझदारी भएको थियो तर  भारतले उक्त समझदारी विपरीत नाली निर्माण गरेको हो। निमित्त प्रमुख जिल्ला अधिकारीसँगको भेटमा पनि भारतले सीमामा नाली निर्माण गरी तारवार गर्ने भनेको थियो।

विष्टले छलफलका क्रममा भारतीय पक्षले निकुञ्ज क्षेत्रबाट काठ दाउरा तथा वन्यजन्तु चोरी सिकारी बढेकाले नियन्त्रण गर्न दुई किलोमिटर क्षेत्रमा नाली निर्माण गरेर तारबार गर्ने योजना रहेको उल्लेख गरेको बताए। माथिल्लो निकायबाटै समाधान हुने समस्या भएका कारण गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतका निकायमा सीममा भारतले नाली खनिरहेको विषयमा जानकारी गराइसकिएको विष्टले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।