शनिबार, साउन १६, २०८३

विद्यार्थीले घेरे त्रिभुवन विश्‍वविद्यालय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आफूहरू आन्तरिक विवादमै रुमल्लिएका विभिन्न विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न दबाब दिएका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियुलगायतले स्ववियु निर्वाचन समयमै सम्पन्न गर्न माग गर्दै सोमबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा घेराउ गरेका हुन्।

स्ववियु निर्वाचन भएको फागुन १८ गते दुई वर्ष पुग्दैछ। स्ववियु निर्वाचन प्रत्येक दुईदुई वर्षमा गर्ने प्रावधान छ। ‘स्ववियु निर्वाचन गर्ने सहज वातावरण हुँदाहुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले राजनीतिक भागबन्डामा आएको त्रिविको नेतृत्व कतै अमूक दल वा संगठनको दबाबमा परेर चुनाव नगराउन उद्यत त छैन भन्ने गम्भीर प्रश्न खडा गराएको छ’, अनेरास्ववियु र अखिल क्रान्तिकारीद्वारा धर्नापछि संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ।

विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन मिति र कार्यतालिका अविलम्ब सार्वजनिक गर्न पहिलो चरणमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। यस क्रममा मंगलबार देशभरका क्याम्पस प्रमुखको कार्यकक्ष घेर्ने कार्यक्रम छ।

नेपाल विद्यार्थी संघ विघटन भएको छ। त्यस्तै तत्कालीन एमाले भ्रातृ संगठन अनेरास्ववियु र तत्कालीन माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारीबीच एकता हुन सकेको छैन। माउ पार्टी एमाले र माओवादीबीच एकीकरण भए पनि भ्रातृ संगठनबीच एकता हुन सकेको छैन।

विद्यार्थी संगठनभित्र रहेको किचलो अन्त्य गरी निर्वाचनमा भाग लिनका लागि यसअघि नै त्रिवि प्रशासनले विद्यार्थी संगठनहरूसँग परामर्श गरिसकेको छ। तर विद्यार्थी संगठन आन्तरिक व्यवस्थापन हुन सकेको छैन। त्यसैले स्ववियु निर्वाचन तत्काल हुने सम्भावना क्षीण छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।