शनिबार, साउन १६, २०८३

बादल नेतृत्वको नेकपा कार्यदल 'निल्नु न ओकल्नु'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पुस १३ गतेको स्थायी समितिको बैठकले गठन गरेको कार्यदल प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डका लागि निल्नु न ओकल्नु भएको छ। कार्यदलका विषयमा विवाद भएपछि सोमबार बसेको सचिवालय बैठक कुनै निर्णयमा पुग्न सकेन। कार्यदल विघटन नभएको र त्यसले प्रतिवेदनसमेत दिन नसकेको विषयमा के गर्ने भन्नेमा सहमति हुन नसकेपछि बैठक ९ गते नौ बजेसम्मका लागि स्थगित भएको छ। कार्यदल विघटन गर्न पनि स्थायी समिति बैठकले निर्णय गर्नुपर्ने हुन्छ।

पुस १३ गते बसेको स्थायी समिति बैठकले रामबहादुर थापा बादल संयोजकत्वमा विष्णु पौडेल, वर्षमान पुन, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल, रघुवीर महासेठ र योगेश भट्टराई संलग्‍न कार्यदल गठन गरेको थियो।

सोमबारको सचिवालय बैठकमा तल्लो तहसम्मको पार्टी एकता प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा भएको छलफलका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज (सोमबार) को बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको र अर्को सचिवालय बैठकमा कार्यदलका सबै सदस्यलाई बोलाएर छलफल गर्ने निर्णय गरिएको बताए।

अर्को बैठकमा कार्यदलका सबै सदस्यलाई बोलाएर छलफल गर्ने तथा त्यसपछि सांगठनिक एकीकरणका काम टुंग्याइने श्रेष्ठले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।