काठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ। विहान दश बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे बैठकमा पार्टी एकताको बाँकी काम टुंग्याउने बिषयमा छलफल भइरहेकाे बताइएको छ।
बैठकमा रामबहादुर थापा नेतृत्वको कार्यदलको प्रतिवेदनको टुंगो लगाउने स्रोतले बतायो। । थापा नेतृत्वको कार्यदलले केही दिन अघि पार्टीको सांगठानिक एकताको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य थिए । उक्त प्रतिवेदन आजको सचिवालयको बैठकमा पेश भएको हो ।
सचिवालय बैठकले कार्यदलको प्रतिवेदनलाई अनुमोदनका लागि स्थायी समितिको बैठक समेत बोलाउने बिषयमा छलफल हुने एक नेतााले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४