शनिबार, साउन १६, २०८३

बझाङमा जीप दुर्घटना,  २ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बझाङ- बझाङको काप्रिकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

आइतबार बेलुका जयपृथ्वी नगरपालिका ११ को चैनपुरबाट  धामीलेक जाँदै गरेको  से १ ज ८९० नम्बरको जीप दुर्घटना काप्रिकोटमा दुर्घटना भएको हो । दुर्घटनामा परि जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको मृत्यु गएको प्रहरीले जनाएको छ । घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ११ का कविता जोशी, अन्धिरा जोशी, जुनादेवी जोशी, जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो। उनीहरुलाई धनगढी रिफर गरिएको प्रहरीको भनाइ छ भने अन्य घाइतेको  बझाङ अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।