शनिबार, साउन १६, २०८३

प्रदेश प्रमुख मल्ललाई मध्यरातमा काठमाडौँ लगियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि मध्यरातमै काठमाडौँ लगिएको छ। नेपाली सेनाको नाईटभिजन हेलिकप्टरबाट राति १ बजेतिर मल्ललाई काठमाडौं लगिएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि  आइतबार साँझ  धनगढीको निर्सग अस्पताल भर्ना भएका मल्लको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि मध्यराति नै काठमाडौं लगिएको उनका निजी सुरक्षा गार्ड डम्बर मल्लले जानकारी दिए । 

मल्लको अहिले नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको मल्लले जानकारी दिए । ७१ वर्षीय प्रदेश प्रमुख मल्ल कम्पन ज्वरोका कारण शारिरीक रुपमा अति कमजोर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।