शनिबार, साउन १६, २०८३

रेड कार्ड ‘मास्टर’ रामोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस रेड कार्ड मास्टर बेनका छन् । उनले आफ्नो फुटबल जिवनमा सर्वाधिक रातो कार्डा खाँदै रेड कार्ड मास्टर बनेका हुन् । 

जारी सिजनमा रामोसले एक रातो कार्ड खाँदै ला लिगामा सर्वाधिक रातो कार्ड पाउने खेलाडीको कीर्तिमान बनाएका छन् । घरेलु मैदानमा आइतबार जिरोनाविरुद्धको खेलमा रातो कार्ड खाँदै उनले ला लिगामा २० औं रातो कार्डको कीर्तिमानी बनाएक हुन् । 

रामोसले आफ्नो फुटबल जिवनमा भने २५ रातो कार्ड पाएका छन् । उनले २५ वटै रातो कार्ड भने रियल मड्रिडका लागि खेल्दा पाएका थिए । २००५ मा रामोसले तीन रातो कार्ड पाए । जहाँ दुई ला लिगामा थिए भने एक रातो कार्ड च्याम्पियन्स लिगमा पाए । 

२००६ मा पाएका दुबै रातो कार्ड उनले ला लिगामा पाए । उनले २००६ मा भिल्लारियल र एथलेटिको मड्रिडविरुद्ध रातो कार्ड पाएका थिए । त्यस्तै २००७ मा एक र २००८ मा तीन रातो कार्ड पाए । २००९ मा एक, २०१० मा दुई रातो कार्ड पाउँदा उनले २०११ मा भने कुनै रातो कार्ड खाएनन् । 

२०१२ दुई, २०१३ मा चार, २०१४ मा एक रातो कार्ड पाउँदा २०१५ मा भने रातो कार्ड पाएनन् । २०१६ मा दुई, २०१७ मा तीन र २०१८ मा कुनै पनि रातो कार्ड पाएनन् । तर, २०१९ को सुरुवातमै उनले एक रातो कार्ड पाएका छन् । 

तरपनि रामोस विश्व कै उत्कृष्ट डिफेन्डर हुन् । उनले डिफेन्डरमा आफ्नो उत्किष्टता देखाउदै क्लबका लागि मात्र हैन, व्यक्तीगत अवार्डस समेत धेरै जितेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।