शनिबार, साउन १६, २०८३

अचानक राष्ट्रपतिसँग शीर्ष नेताहरुले किन भेटे ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दुई दलका तीन शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।

आइतबार बेलुका प्रधानमन्त्री ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदारले सामुहिक रुपमा भेटवार्ता गरेका हुन । 

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको भनिए पनि विस्तृत रुपमा जानकारी गराइएको छैन । लामो समयपछि राष्ट्रपतिले शीर्ष नेताहरुसँग सामुहिक रुपमा भएको भेटलाई विशेष महत्वका साथ हेरिएको छ । 

स्रोतका अनुसार सत्तापक्ष र प्रतिपक्षबीच बढेको दूरी कम गर्नका लागि राष्ट्रपतिले भेटघाटको आयोजना गरेकी हुन् । भेटमा दुबै पक्षलाई मिलेर अघि बढ्न अपिल गरेकी थिइन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।