धनगढी - सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल अस्वस्थ भएका छन्। छातीमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
प्रदेश प्रमुख मल्ललाई धनगढीस्थित निसर्ग अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको मल्लका प्रमुख सुरक्षा गार्ड डम्बर मल्लले जानकारी दिए। बिहानैदेखि ज्वरो आएपछि बेलुकीपख उपचारका लागि अस्पताल जादा गम्भीर समस्या देखिएको मल्लले जानकारी दिए।
चिकित्सकले बिज्ञप्ति जारी गरि मल्लको छातिमा र रगतमा समस्या देखिएको जनाएका छन्। केही दिन पहिले मात्र कंचनपुरमा उपराष्ट्रपति सहभागी कार्यक्रमबाट फर्किदै गर्दा नै मल्ल अस्वस्थ भएको बुझिएको छ। चिकित्सकले उनको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमातामा निकै ह्रास आएको जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४