शनिबार, साउन १६, २०८३

घुस लिँदालिँदै बजगाई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बेलौरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुससहित कञ्चनपुरको बेलौरी नगरबाट सवइन्जिनियर हृदयराज बजगाईलाई रंगेहात पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता राजन नेपाललाई सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ गरिएको बताए। उनका अनुसार बेलौरी नगरपालिका ४ र ६ जोड्ने कल्भर्ट निर्माणमा घुस मागेका सवइन्जिनियर बजगाईलाई कार्यालयबाटै पक्राउ गरिएको छ।

प्रवक्ता नेपालका अनुसार सवइन्जियिनर बजगाईले ठेकेदारबाट अन्तिम फरफारका लागि नगद ६० हजार नदिए पास नगरिदिने भनेपछि ठेकेदार अख्तियारको शरणमा पुगेपछि अख्तियारको टोलीले बजगाईलाई नगद सहित पक्राउ गरेको हो। पक्राउ परेका सवइन्जिनियर बजगाईलाई बेलौरीबाट महेन्द्रनगर लगिएको छ। घुससहित पक्राउ परेका बजगाई बिरुद्ध अख्तियारले थप अनुसन्धान गरेर कार्बाहीका लागि प्रकृया अघि बढाएको जनाएको छ।

कल्भर्ट निर्माण हुने स्थानका दुवै वडाध्यक्षलाई पुलको रकम र कुन ठेकेदारबाट काम भएको बारे थाहा नै छैन्। बेलौरी ४ का वडाध्यक्ष अर्जुन ढकाल  र ६ का अध्यक्ष रामप्रकास बडायकले आफ्नो वडामा बन्न लागेको पुल भएपनि रकम र ठेकेदार बारे थाहा नभएको बताए। उनीहरु अनुसार बैलौरी नगरपालिबाटै सिधै योजना भएकाले वडा अनविज्ञ रहेको छ। 

भ्रष्टाचार रोक्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकको घुस प्रकरण चर्चामा रहेका बेला कञ्चनपुरमा अख्तियारले एक कर्मचारी रंगेहात पक्राउ गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।