शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन ५ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

‘लुट्न सके लुट’लाई फेरि यूट्यूबमा राख्‍न आग्रह

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले विवादका कारण शनिबार युट्युवबाट हटाइएको पशुपति शर्माको विवादित गीत ‘लुट्न सके लुट’ फेरि जस्ताको तस्तै यूट्यूबमा राख्‍न आग्रह गरेको छ।

पशुपतिको गीतले हल्लाइदियो 'दुई तिहाइ' !

अहिलेको यो सरकार सम्भवतः नेपालको राजनीतिक इतिहासमै सबैभन्दा शक्तिशाली हो। योसँग दुई तिहाइ बहुमत छ। तर यतिबेला दुई तिहाइ हल्लिएको छ, डराएको छ।

‘कम्युनिस्ट सरकार संघीयता र गणतन्त्रको असफल ड्राइभर’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्ट सरकार संघीयता र गणतन्त्रको असफल ड्राइभर सावित भएको आरोप लगाएका छन्।

सरकारले खटायो अरिङ्गालको गोलो : पशुपति बने नागरिक हिरो

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको बिहीबार सार्वजनिक भएको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीतमा प्रतिबन्ध लगाइएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ। शर्माले बिहीबार आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा सरकारले प्रतिबन्ध लगाउने तयारी थालेपछि शर्माले शनिबार बेलुका उक्त गीत युट्युबबाट हटाएका थिए।

युट्युबबाट हटेको 'लुट कान्छा' माइतीघरमा प्रदर्शन

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको गीतमा सरकारले प्रतिबन्ध लगाइएपछि नागरिक स्तरबाट यसको विरोधमा प्रदर्शन भएको छ। नागरिक आयोजनामा आइतबार दिउँसो माइतीघर मण्डलामा युट्युबबाट सरकारले हटाउन लगाएको यो गीत बजाएर विरोध प्रदर्शन गरेका थिए।

कटुवा पेस्तोलसहित एक पक्राउ

प्रहरीले कटुवा पेस्तोलसहित जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाबाट कटुवा पेस्तोलसहित प्रहरीले स्थानीय ३२ वर्षीय ईसराफुल खानलाई पक्राउ गरेके हो।

‘प्रदेश २ मा एनजीओ सरकार’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रदेश २ सरकारलाई एनजीओ सरकार भन्दै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्।

विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं

नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ। विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नाम समेत समेटेको छ। यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ।

काठमाडौंसँग रुपन्देहीको १०० रनको लज्जासपद हार

कागजी रुपमा हेर्दा सबै भन्दा बलियो मानिएको टोली रुपन्देही च्यालेन्जर्स काठमाडौं गोल्डेन्ससँग १ सय रनको फराकिलो अन्तरले पराजित भएको छ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को आफ्नो चौथो खेलमा रुपन्देही काठमाडौंसँग प्रतियोगिताकै अहिले सम्मकै फराजिला अन्तरले पराजित भएको हो ।

सरकारबारे कांग्रेसको समीक्षा : बयल गाडाबाट सगरमाथा चढ्ने प्रयास

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकार बयल गाडामा चढेर सगरमाथा पुग्न नसकेको आरोहीजस्तै बनेको टिप्पणी गरेको छ। सरकारको एकवर्षे कामकारबाहीबारे आइतबार पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा प्रस्तुत गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारले जुन गतिमा अगाडि बढ्नुपथ्र्यो, त्यसरी अगाडि बढ्न सकेन। एक वर्षको गतिविधि हेर्दा बयल गाडाको जस्तै सुस्त छ। यसरी समृद्धिको सगरमाथा पुग्न सकिँदैन।’

थापाको खुलासा : राणा र लोहनीले तीनमा टिपेक्स लगाएर दुई बनाए

राप्रपा अध्यक्ष कमल थापाले तीन राप्रपा एकीकरणमा पशुपतिशमशेर र डा. प्रकाशचन्द्र लोहनीको नियत ठिक नभएको आरोप लगाएका छन्। सरकारलाई बुझाउन तयार गरेको विभिन्न २२ बुँदे माग सार्वजनिक गर्न  आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो खुलासा गरेका हुन्। 

समायोजनप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिने चिकित्सकहरुको चेतावनी

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

गंगामायाले किन लिइन् पासपोर्ट?

गोरखा फुजेलकी सशस्त्र द्वन्द्वपीडित गंगामाया अधिकारीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राहदानी (पासपोर्ट) लिएकी छन्। राहदानी लिनु नागरिकको अधिकार भए पनि आफ्ना छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाही गर्न राज्य अनिच्छुक रहेकाले मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न उनले राहदानी लिएको बुझिएको छ।

कांग्रेसले बहिष्कार गर्‍यो संसदीय सुनुवाई समिति

नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गरेको छ। संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाईका विषयमा छलफल गर्न आइतबार बसेको समिति बैठक कांग्रेस सांसदहरुले बहिष्कार गरेका हुन्। 

ट्रक रुखमा ठोक्कियो : दुई जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सरकारी प्राध्यापकको निजी मोह कहिलेसम्म ? 

रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पस, जनकपुर क्षेत्रकै सबैभन्दा जेठो कलेज । तराई तथा पहाडका कतिपय जिल्लामा सञ्चालन हुन नसकेका बेला राराबले विद्यार्थीहरूलाई उच्च शिक्षा दिन सुरु गरिसकेको थियो । संभवतः यहि कारणले नेपालकै जेठो कलेजमध्ये एक हो, राराब ।

संसद्ले नै सभामुख महरालाई सत्तापक्षमा राखेपछि ...

मुलुक सञ्चालनको बाटो कोर्ने अर्थात् कानुन निर्माण गर्ने थलो संसद् आफैँ सूचना प्रविधिको सबालमा थला परेको छ । 

फाइनल खेलमा सन्दीपको कसिलो बलिङ

बिग ब्यास लिग टी-२० क्रिकेटको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले सकिलो बलिङ गरेका छन् । मेलबर्न रेनिगेड्सविरुद्धको फाइलन खेलमा मेलबर्न स्टार्सका लागि चार ओभर गरेका सन्दीपले निकै नै किफाएती बलिङ गरेका हुन् । 

हिउँदे झरी अझै लम्बिने : यस्तो हुनेछ तीन दिनको मौसम

भू-मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएपनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । 

भक्तपुरमा वनभोज खाइरहँदा चट्याङ परेपछि ...

वनभोज मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् । 

मिनभवनमा गाडीको ठक्करबाट युवकको मृत्यु 

काठमाडौंको मिनभवनमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

जाग्यो सीमा र गौरीले न्याय पाउने आस : ससुरा र सासु थुनामा

दाइजोका लागि बुहारी र नातिनीको हत्या गरेको आरोपमा अदालतले सासु र ससुरलाई पुर्पक्षको लागि हिरासतमा राख्न आदेश दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।