शनिबार, साउन १६, २०८३

कटुवा पेस्तोलसहित एक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रहरीले कटुवा पेस्तोलसहित जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाबाट कटुवा पेस्तोलसहित प्रहरीले स्थानीय ३२ वर्षीय ईसराफुल खानलाई पक्राउ गरेके हो।

विशेष सूचनाको आधारमो खानले घरभित्र बाक्सामा लुकाई राखेको अवस्थामा प्रहरीले एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड बरामद गरेको छ। घरभित्र हतियार राखेको सूचनाको आधारमा प्रहरीले खानको घर खानतलासी गरेको थियो। पक्राउ परेका खानविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता सिरहाको गोलबजार नगरपालिका–५ असनपुरस्थित सार्वजनिक पोखरीबाट प्रहरीले एकथान कटुवा पेस्तोल बरामद गरेको छ। पोखरीमा माछा मार्ने क्रममा पानीभित्र रातो प्लास्टिकले बेरिएको अवस्थामा स्थानीयले पेस्तोल फेला पारेपछि सशस्त्र प्रहरी सुरक्षा बेस गोलबजारलाई जानकारी गराएका थिए। त्यस पश्चात ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरी टोलीले पेस्तोल आफ्नो नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।