बिहीबार, भदौ ४, २०८३

गोठबाट बाछी चोरेर कोट्ने तीन जना पक्राउ

गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

गण्डकी- गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका-६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन्।

पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी काटेका अभियोगमा उनीहरू मंगलबार पक्राउ  परेका हुन्। 

बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पोखरेलले बताए।

प्रकाशित: Aug 18, 2021| 07:05 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।