शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल प्रिमियर लिगको प्रसारणमा ‘पावर्ड बाइ’ पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स

नेपाल प्रिमियर लिगको प्रसारणमा ‘पावर्ड बाइ’ पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण साझेदारका रूपमा जोडिएको छ। आगामी कात्तिक ८ गतेदेखि मङ्सिर २१ गतेसम्म सञ्चालन हुने टी-२० क्रिकेट प्रतियोगिता एनपीएलको टेलिभिजन प्रसारणका लागि कम्पनीले हिमालय स्पोर्ट्स एचडीसँग 'पावर्ड बाइ' (Powered By) पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता गरेको हो। काठमाडौँमा आयोजित एक विशेष समारोहबीच दुई पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

नेपालमा क्रिकेट खेल केवल मनोरञ्जनमा मात्र सीमित नरही साझा उत्साह, भावना र राष्ट्रिय एकताको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको छ। देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीहरूलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको यही विशेषतासँग आफ्नो ब्रान्डको भावना जोड्दै नेपाल लाइफले हिमालय स्पोर्ट्स एचडीमार्फत एनपीएलको प्रसारण यात्रामा सहकार्य गरेको हो। मैदानमा फरक टोलीबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका लाखौँ दर्शकलाई एउटै भावनामा जोड्न यो साझेदारीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा बोल्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खेलकुदले मानिसहरूलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने बताउनुभयो। उहाँले एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु कम्पनीका लागि विशेष महत्त्वको विषय रहेको उल्लेख गर्दै यस सहकार्यले नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। यसका साथै कम्पनीले खेलकुदले समाजमा सकारात्मक ऊर्जा र एकता कायम राख्ने भएकाले भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: Oct 02, 2026| 11:20 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्