शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- एभरेस्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा २०८३ साल असोज १४ गते सफलतापूर्वक सम्पन्न भएको छ। बैंकका शेयरधनीहरूको उपस्थितिमा सम्पन्न उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

साधारण सभाले शेयरधनीहरूका लागि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसअन्तर्गत ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश रहेको छ। यसका साथै प्रस्तावित बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गरेको छ।

उक्त साधारण सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जि.पी. राजवाहक एन्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ।

प्रकाशित: Oct 02, 2026| 11:14 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्