शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालका बाढी प्रभावितका लागि होन्डाद्वारा १ लाख अमेरिकी डलर सहयोग

नेपालका बाढी प्रभावितका लागि होन्डाद्वारा १ लाख अमेरिकी डलर सहयोग

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- गत अगस्ट २६ मा नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन विश्वविख्यात टोयोटा/होन्डा कम्पनी (Honda) ले १ लाख अमेरिकी डलर (US$ 100,000) सहयोग प्रदान गरेको छ। उक्त रकम नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जाने गरी प्रदान गरिएको हो।

होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होन्डा मोटर कम्पनी (Asian Honda Motor Co., Ltd.) ले थाई रेडक्रस सोसाइटी (Thai Red Cross Society) मार्फत उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको हो। बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवार तथा समुदायप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा यो सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। यसका साथै होन्डाले बाढी प्रभावित क्षेत्र तथा स्थानीय समुदायको शीघ्र पुनःस्थापना र सामान्य जीवनयापनको कामना पनि गरेको छ।

प्रकाशित: Oct 02, 2026| 11:26 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्