शनिबार, साउन १६, २०८३

काठमाडौंसँग रुपन्देहीको १०० रनको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कागजी रुपमा हेर्दा सबै भन्दा बलियो मानिएको टोली रुपन्देही च्यालेन्जर्स काठमाडौं गोल्डेन्ससँग १ सय रनको फराकिलो अन्तरले पराजित भएको छ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को आफ्नो चौथो खेलमा रुपन्देही काठमाडौंसँग प्रतियोगिताकै अहिले सम्मकै फराजिला अन्तरले पराजित भएको हो ।

निकैनै बलिया मानिएका रुपन्देहीका खेलाडी काठमाडौंका बलर सामु खुलेर खेल्न नसक्दा रुपन्देहीले लज्जासपद हार व्यहोरेको हो । विनोद भण्डारी, प्रदिप ऐरी, बाबार हायात र पुनित मेहरा जस्ता नाम चलेका खेलाडी चल्न नसक्दा रुपन्देही कागजी मात्र बलियो टोली देखिएको प्रस्ट भएको छ । 

काठमाडौंले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.१ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । रुपन्देहीका चार जना खेलाडीले समान तीन रन जोडे । यस खेलमा सुमित महर्जनले जोडेको ५ रन रुपन्देहीका लागि सर्वाधिक रन हो । 

रुपन्देहीले ५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो भने ९ रन हुँदा दोस्रो, १० रन हुँदा तेस्रो, १२ रन हुँदा चौथो र पाँचौ विकेट गुमाएको थियो । त्यस्तै १८ रन हुँदा छैटौं, २१ रन हुँदा सातौं, २६ रन हुँदा आठौं, ३१ रन हुँदा नवौं र ३३ रन हुँदा अलआउट भयो ।

काठमाडौंका लागि नन्दन कुमार यादवले तीन, ललित राजवंशी र सुर्य तामाङले दुई दुई विकेट लिँदा अंकित दवास र योगेन्द्रसिंह कार्कीले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । काठमाडौंका लागि अंकित दवासले सर्वाधिक ४३ रन जोडे । उनले ४० बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ४३ रन जोडेका हुन् । अनिल कुमार साह २३, योगेन्द्रसिंह कार्की १३, ज्ञानेन्द्र मल्ल १२, मेहबुब आलमल ११ र गौरभ तामोर ८ रनमा आउट भएका थिए । रसिद खान १४ रनमा अविजित रहे ।

रुपन्देहीका लागि अनिल खरेल, बिक्रम सोब र पुनित मेहराले दुई दुई तथा ललितसिंह भण्डारीले एक विकेट लिए । यसजितसँगै काठमाडौं अंक तालिकको शीर्ष स्थानमा रहेको छ । काठमाडौं यसअघिनै प्ले-अफमा पुगिसकेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।