शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समायोजनप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिने चिकित्सकहरुको चेतावनी

समायोजनप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिने चिकित्सकहरुको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समायोजनप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिने चेतावनी दिएको हो।  

घोषित कार्यक्रममा विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।

आफूहरुको मागलाई सम्बोधन नगरी प्रतिनिधिसभाबाट विधेयक पारित भएको भन्दै भोलि (सोमबार) देशभरका चिकित्सकहरुले सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेभएका छन्। यस्तै मंगलबार चिकित्सकहरुले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्ने भएका छन्। 

बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपछि सरकारलाई बुझाउन काठमाडौंमा भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने सरकारी चिकित्सकहरुले सरकारलाई चेतावनी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।