शनिबार, साउन १६, २०८३

कांग्रेसले बहिष्कार गर्‍यो संसदीय सुनुवाई समिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसले संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गरेको छ। संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाईका विषयमा छलफल गर्न आइतबार बसेको समिति बैठक कांग्रेस सांसदहरुले बहिष्कार गरेका हुन्। 

कांग्रेसले संवैधानिक परिषद्ले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गगर्दै आएको थियो। १५ सदस्यीय सुनुवाई समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन्। 

कांग्रेसले बहिष्कार गरे पनि सुनुवाई समिति बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाई गर्ने निर्णय गरेको छ। बैठकमा कांग्रेस सांसदहरू कुनै जानकारी नगराई अनुपस्थित भएको सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।