काठमाडौं- बिग ब्यास लिग टी-२० क्रिकेटको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले सकिलो बलिङ गरेका छन् । मेलबर्न रेनिगेड्सविरुद्धको फाइलन खेलमा मेलबर्न स्टार्सका लागि चार ओभर गरेका सन्दीपले निकै नै किफाएती बलिङ गरेका हुन् ।
उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चे । कसिलो बलिङ गर्ने क्रममा सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चे । त्यस्तै आफ्नो दोस्रो ओभरमा ५ रन खर्चदाँ एक चौका खाएका थिए ।
आफ्नो तेस्रो ओभरमा मात्र तीन रन खर्चेका सन्दीपले आफ्नो अन्तीम ओभरमा भने ६ रन खर्चेका थिए । चार ओभर कसिलो बलिङ गर्दा उनले १२ बल डट गरेका थिए । मेलबर्न रेनिगेड्सविरुद्ध सन्दीपको मेलबर्न स्टार्सले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको थियो ।
ब्याटिङको निम्तो पाएको मेलबर्न रेनिगेड्सले मेलबर्न स्टार्सलाई उपाधिका लागि १ सय ४६ रनको लक्ष्य सुम्पेको छ । मेलबर्न रेनिगेड्सले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाउँदै १ सय ४५ रन जोडेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४