शनिबार, साउन १६, २०८३

हिउँदे झरी अझै लम्बिने : यस्तो हुनेछ तीन दिनको मौसम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- भू-मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएपनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । 

पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । आइतबार भने मौसममा केहि सुधार हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए पनि विस्तारै हट्दै गएर दिउँसो घाम लाग्ने छ । तर, पश्चिम पहाडी भेग र पूर्वका केही ठाउँमा भने मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले बताए । 

सोमबारबाट पुनः मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । अर्को पश्चिमी वायु पुनः भित्रिने र त्यसले पश्चिमी पहाडी क्षेत्र र मध्य क्षेत्रमा वर्षा गराउने मौसमविद् अर्यालले जानकारी दिए । मंगलबार पनि मौसम प्रभावित हुने भएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा हुने जनाइएको  छ ।

बिहीबारदेखि आएको मौसमी प्रणाली केही कमजोर भएर शुक्रबार देशभरको मौसम सफा भए पनि शनिबार फेरि देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित पानी परेको थियो । यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायुको भित्रिरहेको छ । लामो समयसम्म घाम पनि लाग्न सकिरहेको छैन । 

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सुचनाअनुसार यस्तो हुनेछ तीन दिनको मौसम । 

फाल्गुन ०५ गते (आइतवार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पहाडि भेगमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ।  पूर्वी र पश्चिमि पहाडी भू-भागमा अपरान्ह पछि एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित छिटफुट वर्षाको सम्भावना छ।

राति : देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पश्चिमि पहाडि भेगमा आंशिक बदलिको संभावना छ। पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ ।

फाल्गुन ०६ गते (सोमवार)

दिउँसो : देशको पश्चिमि भु-भाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पश्चिमि पहाडि  भू-भागका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। देशकाे पश्चिमि भागका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमि भूभागमा सामान्य देखि पूर्ण वदली रहने तथा मध्य र  पूर्वि पहाडि भूभागमा आंशिक बदलि रहने देखिन्छ | पश्चिमि भु-भागका केहि स्थानहरुमा तथा मध्यका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुण ०७ गते (मंगलवार)

दिउँसो :देशको पश्चिमि भेगमा सामान्य बदलि रहनेछ भने देशको अन्य भू-भागमा आंशिक बदलि रहने देखिन्छ। पश्चिमि भेगका केहि स्थानमा हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानमा हल्का वर्षाको संभावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्यत्र मौसम सामान्यतया सफा रहनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।