काठमाडौं- काठमाडौंको मिनभवनमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
शनिबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा २५-२६ वर्षका युवकको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन भने । ठक्कर दिने गाडीको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
सडकका पोलहरुमा जडान गरिएका सिसि क्यामराको साहताले ठक्कर दिने गाडीको पहिचान गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४