आइतबार, असोज ११, २०८३

चोलेन्द्रको पक्राउबारे रक्षा बमको प्रश्न- जेनजी भनेको को हो ?

 |  आइतबार, असोज ११, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०८३

काठमाडौं। जेनजी अभियन्ता रक्षा बमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको घटनालाई लिएर प्रश्न उठाएकी छन्।

बमले सामाजिक सञ्जालमार्फत जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको विषयमा आपत्ति जनाउँदै ‘जेनजी भनेको को हो ? कुनै आतंकवादी संगठन हो वा भूमिगत सशस्त्र समूह हो ?’ भन्दै प्रश्न गरेकी छन्।

उनले कानुनी प्रक्रिया र आधारबारे प्रश्न उठाउँदै शक्तिको आडमा आफूखुसी पक्राउ गर्ने र आरोप लगाउने काम स्वीकार्य नहुने बताएकी छन्। उनले ‘जेनजी’ शब्दलाई सरकारको अक्षमता ढाकछोप गर्न प्रयोग गरिएको हो कि भन्दै प्रश्नसमेत गरेकी छन्।

बमले यदि जेनजीबाट संगठित सुरक्षा खतरा रहेको हो भने त्यसको प्रमाण सार्वजनिक गर्नुपर्ने बताएकी छन्। उनले जबरालाई राजनीतिक दाउपेचका कारण मध्यरातमा पक्राउ गरिएको दाबीसमेत गरेकी छन्।

यसअघि प्रहरीले जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालयमा ल्याइएको बताएको थियो। प्रहरीले जबरालाई महाराजगञ्जस्थित निवासबाट बिहान करिब ३ बजे कार्यालयमा ल्याएको थियो र त्यस क्रममा पक्राउ पुर्जी दिएको थिएन। त्यसपछि उनलाई आजै अपराहन्न परिवारको जिम्मा लगाइएको बताइएको छ। 

बमले आफ्नो वक्तव्यमा ‘सुरक्षा निकायको कतिसम्म दुरुपयोग गरिरहेको सरकारले?’ भन्दै सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाएकी छन्।

प्रकाशित: Sep 27, 2026| 18:18 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्