शनिबार, साउन १६, २०८३

आजका अखबार : वाइडबडीको छानबिन अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।

आजको नयाँ पत्रिकाले वाइडबडी छानबिन अलपत्र परेको विषयलाई मुख्य समाचार बनाएको छ ।

संसदीय समितिले गरेको छानविन अस्विकार गर्दै आफैले छानविन गर्न भनेर सरकार गएको पुष १९ गते छानविन आयोग गठन गरेको थियो । तर, उक्त आयोगले कामै सुरु नगरि शनिबार म्याद सकिएको छ । आयोगमा नियुक्त गरिएका पदाधिकारीले ४५ दिनसम्म नियुक्तिपत्र समेत नपाएको समाचारमा उल्लेख छ । 

यस्तै नयाँ पत्रिकाले नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र परेको विषयलाई एङ्कर न्यूज बनाएको छ । एकिकरण प्रकृया नै पर धकेलिएपछि अहिलेसम्म यो अभियान अघि बढेको छैन । केन्द्रीय कमिटीको बैठक ९ महिनादेखि बस्न नसकेको समाचारमा उल्लेख छ । 

त्यस्तै नयाँ पत्रिकाले सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती ढल निकास अवरुद्ध शीर्षकमा अर्को विशेष खबर छापेको छ । किर्तिपुर बसिबसाउ बस्तीको तल खोल्सा मिचेर सेनाले प्लटिङ गर्दा माथिल्लो क्षेत्रको ढल अवरुद्ध भएको छ भने सेनाले बनाएको ढलमा बस्तीको पानी मिसाउन नदिएको समाचारमा उल्लेख छ । 

कान्तिपुर दैनिकले संविधान जारी भएयताको साढे ३ वर्षमा अनियमितता र विवादमा मुछिएका संवैधानिक पदाधिकारीमाथि कुनै कारबाही नभएको विषयलाई मुख्य समाचार बनाएको छ । लोकमानसिंह कार्की, पोपाल पराजुली, दीपकराज जोशी र राजनारायण पाठकमाथि कुनै कारबारही नभएको समाचारमा उल्लेख छ । 

मनाङमा हिउँमै स्कूल खुलेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ ।

फागुन १ गतेबाट मनाङका २६ मध्ये १५ स्कूल खुलेका छन् । पुषमै वार्षीक परिक्षा सकेर जाडो र हिमपात छल्न विद्यार्थी र अभिभावक काठमडौं पोखरा लगायतका सहर झरेका थिए । उनीहरु अहिले विद्यालय हाजिर हुन पुगेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले भने सरकारी अस्पतालको अस्तव्यस्त इमर्जेन्सी कक्षका विषयमा मुख्य समाचार लेखेको छ । विरामीको चाप बढ्दा आकस्मिक कक्षमा शय्यासमेत उपलब्ध गराउन अस्पतालहरुलाई मुस्किल पर्ने गरेको छ । खासगरि राजधानीका वीर अस्पताल र महाराजगन्जको शिक्षण अस्पतालमा बढि समस्या देखिएको समाचारमा उल्लेख छ ।

कमलपोखरीको छाया कम्प्लेक्सः अदालतले अब के गर्ला  ? शीर्षकको खबरलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ । प्रधानन्यायाधीश भएपछि चोलेन्द्रशमशेर राणाले महत्वपूर्ण फैसला गरेको सन्दर्भमा पेसी चढेर प्रतीक्षामा रहेको कमलपोखरी जग्गाबारे मुद्दाले कुन मोड लिई कस्तो नतिजा पाउने हो भन्ने सर्वत्र चासो बढेको समाचारमा जनाइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।