शनिबार, साउन १६, २०८३

बार्सिलोनाको जितसँगै मेस्सीको नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । कप्तान लियोनल मेस्सीको एक मात्र पेनाल्टी गोलको मद्दतले बार्सिलोनाले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको हो । 

शनिबार राति भालाडोरीडमाथि बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा खेलको एक मात्र निर्णायक गोल पहिलो हाफमा भएको थियो । 

पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा बार्सिलोनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै मेस्सीले बार्सिलोनालाई जित दिलाए । त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल हुन नसक्दा बार्सिलोना विजयी भएको हो । 

यस गोलसँगै मेस्सीले जारी सिजनमा ३० गोल पुरा गरेका छन् । उनले पछिल्ला ११ सिजनमा लगातार ३० गोल भन्दा बढी गोल गर्दै रेकर्ड बनाएका छन् । २००७-२००८ को सिजनमा १६ गोल गरेका मेस्सीले तयसपछिका सिजनमा ३० भन्दा माथी नै गोल गर्दै आएका छन् । 

जितसँगै बार्सिलोनले २४ खेलमा ५७ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । पराजित भालाडोरीड २६ अंक सहित लिगको १५ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।