शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन ४ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

कर्णाली प्रदेशको एक वर्ष : न चहलपहल, न चमत्‍कार

कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुरा भएको छ। एक वर्ष अलमलमै बिताएको सरकारले न उत्साह देखिन्छ न त असफलता नै। पाँच वर्षे आयु भएको सरकारलाई वर्षदिन मै असफल भयो भन्न त नमिल्ला तर आम नागरिकले हर्सोल्लाहस गर्ने ठाउँ भने पक्कै छैन। प्रतिपक्षमात्रै होइन, सत्तासिन दलकै सांसदहरु पनि सरकारको गतिदेखि असन्तुष्ट छन्। 

श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन्। 

‘एसपीको ज्यान गएको बारा दुर्घटना रहस्यमय’

बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

सिन्धुलीको खनियाखर्का आसपासमा भीषण असिना पानी (फोटोफिचर)

सिन्धुलीको खनियाखर्का आसपासमा भीषण असिना पानी परेको छ। आज अपराह्न दुई बजेतिर परेको असिना पानीका कारण बालीनालीमा ब्यापक क्षति पुगेको छ। 

बैंकलाई ब्याजदरमा लचिलो हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्। 

समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया सुशुरु गर्ने बताउनुभएको छ । 

प्रदेश २ सरकारको एक वर्ष : १० पूर्णाङ्कमा विपक्षीले दिए दुई नम्बर

 प्रदेश सरकार स्थापना भएको एक वर्ष पुरा भएको छ। २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित तीनजना मन्त्रीले सपथग्रहण गरेका थिए।

धनगढी प्रतियोगिताबाट बाहिरियो, महेन्द्रनगरको झिनो आसा जिवित

तेस्रो संस्करणको रुस्लान धनगढी प्रियिमर लिग (डिपिएल) टी-२० क्रिकेटको लिग चरणबाट आयोजक टोली धनगढी स्टार्स बाहिरिएको छ। बर्षाले खेल प्रभावित भएपछि स्टार्स र युनाइटेडले १-१ अंक बाढ्दै प्रतियोगिताबाट अनौपचारिक रुपमा बाहिरिएको हो।

बीपी उद्यानमा सहीद पार्क बनाएको विरोधमा कांग्रेसद्वारा सदन अवरुद्ध

नेपाली कांग्रेसले वीरगंज महानगरपालिकामा बीपी उद्यानको नाउँमा रहेको जग्गामा प्रदेश २ सरकारले शहीद पार्क निर्माणका लागि शिलान्यास गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

एक वर्षमा साढे पाँच लाखलाई रोजगार दिएको सरकारको दावी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७४ फागुनदेखि ०७५ फागुन १ सम्ममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रमा विभिन्न प्रगतिहरु गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको नेतृत्वमा दुई तिहाइको स्थायी सरकार बनेको एक वर्षको आफ्नो कार्यकालमा विभिन्न उल्लेख्य कार्य गरेका हुन्। 

सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरौं – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।  

अछाम आक्रमणको १७ वर्षः दुर्गती सुरु भएको त्यो कालो दिन  

तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो आक्रमण मानिएको अछाम आक्रमणको आज १७ बर्ष पुरा भएको छ। अछाम र अछामीको दुर्गती सुरु भएको दिनका रुपमा रहेको २०५८ फागुन ४ गते राती जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगर आक्रमण भएको थिया। 

एशिया छनोट : नेपालको पहिलो खेल मलेशियासँग 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने छ । थाइल्याण्डमा आज (शनिबार)बाट सुरु हुने उक्त छनोट प्रतियोगितामा आफ्नो पहिलो नेपालले यही फागुन ७ गते मलेशियासँग खेल्न लागेको हो । 

ट्रम्प-किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन्। 

कर्णाली प्रदेशको एक वर्ष : न चहलपहल, न चमत्‍कार

कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुरा भएको छ। एक वर्ष अलमलमै बिताएको सरकारले न उत्साह देखिन्छ न त असफलता नै। पाँच वर्षे आयु भएको सरकारलाई वर्षदिन मै असफल भयो भन्न त नमिल्ला तर आम नागरिकले हर्सोल्लाहस गर्ने ठाउँ भने पक्कै छैन। प्रतिपक्षमात्रै होइन, सत्तासिन दलकै सांसदहरु पनि सरकारको गतिदेखि असन्तुष्ट छन्। 

कहिले खुल्‍छ उपत्यकाको धुम्‍म आकाश?

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्लिएको छ। बिहीबारबाटै प्रभावित भएको मौसम आइतबारसम्म नखुल्ने मौसमविद्हरुले बताएका छन्। उपत्यकामा पानी पर्ने पूर्वानुमान गरिए पनि शुक्रबार पनि धुम्म भएको शनिबार पनि खलेको छैन। 

दर्शकलाई धरधरी रुवाउने बलिउडका सात फिल्म

कुनै–कुनै फिल्मको कथाले दर्शकको मन छुने गर्छ । हलसम्म पुगेका दर्शकका फिल्म हेरिसकेपछि आँखा नै रसाउने गर्छन् । यहाँ केही त्यस्तै दर्शकका आँखा रसाउन सफल बलिउड फिल्मको चर्चा गरिएको छ ।

कार्यक्रमले नै हो साहित्यको विकास हुने : सिग्देल

राजधानीमा साहित्यमा सक्रिय युवाहरुको एक समूहले प्रत्येक शनिबार वाल्मीकि क्याम्पसमा रचना वाचन कार्यक्रम गर्दै आएको छ। साहित्यको विकासका लागि भन्दै 'निरन्तर शनिबार' नाम दिइएको उक्त जमातले साहित्यीक कार्यक्रम गर्दै आएको हो।

स्मृतिले पाइन उत्कृष्ट गायिकाको अवार्ड

‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड गायिका स्मृति गौतमले प्राप्त गरेकी छिन्। चर्चित लोकदोहोरी गायीका गौतमले शुक्रबार कतारमा सम्पन्न एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन्। 

६ महिनामा पौने ७ खर्ब व्यापार घाटा

चालु आव ०७५/७६ को गएको ६ महिनामा विभिन्न मुलकहरुसँग भएको व्यापारमा नेपाललाई पौने ७ खर्ब घाटा भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मुलुकमा ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँको आयात हुदा निर्यात भने ४५ अर्ब ४१ करोड रुपैयाँको मात्रै भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।