शनिबार, साउन १६, २०८३

‘एसपीको ज्यान गएको बारा दुर्घटना रहस्यमय’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बारा – बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराई हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानविनको माग गरेका हुन्।

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको पसाहा पूल नजिक उक्त सवारी दुर्घटना भएको थियो। प्रजिअ भट्टराईका भाई नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको शंका र आशंका गर्ने ठाउँ प्रसस्त देखिएकाले छानबिनको माग गर्नु परेको बताएका छन्। ‘उक्त घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाइएको देखिन्छ त्यसमाथी एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखी पूर्व सचिवसम्मका, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले लागे पछि हामी झन आश्चर्य चकित हुन पुगेका छौं,’ भट्टराईले पत्रकार सम्मेलन भने, ‘घटना प्रति गम्भिरता र जिम्मेवारीपूर्ण तरिकाले अनुसन्धान नगर्नु र एउटा चालकको पछि मुलुकका पावरफुल व्यक्तिहरु नै लाग्नुले घटनालाई झन रहस्यमय बनाएको हो ।’ 

उनका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन। उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने प्रजिअ भट्टराई हाल शिक्षण अस्पताल, महाराजगञ्जमा कोमामा उपचाररत छन्। मृतक पोखरेलका परिवारले बारामा र भट्टराईका परिवारले महानगरिय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएकाछन्।

‘चालक राउतले तिव्र गतिमा (प्रति घन्टा सय किमि भन्दा माथी) को गतिमा सवारी चलाउनु र रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा नियोजित रुपमा ठोकाएको आशंका छ,’ प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘घटना घटे लगत्तै चालक कुर्मीले प्रहरीलगायत सवन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको छ, जबकी चालक कुर्मी दुर्घटनामा सामान्य घाइते भएका थिए।’ भाई नरेशका अनुसार उक्त गाडीमा रहेका अंगरक्षकले सो दुर्घटना पछि चालक कुर्मीले अपत्यारिलो र असहज व्यवहार गरेको जानकारी दिएका छन्।

बारा बरमपुरीका स्थायी बासिन्दा चालक कुर्मी बिगत २३ बर्षदेखी निरन्तर बारा प्रजिअको सवारी चालकको रुपमा कार्यरत रहँदै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।