सिन्धुली – सिन्धुलीको खनियाखर्का आसपासमा भीषण असिना पानी परेको छ। आज अपराह्न दुई बजेतिर परेको असिना पानीका कारण बालीनालीमा ब्यापक क्षति पुगेको छ।
असिना पानीका कारण यात्रामा रहेका यात्रु अलपत्र परेका छन्। यात्रामा रहेका नेपाल तरुण दलका नेता दिनेश विक्रम शाहका अनुसार सडकमै बोक्लो असिना जम्दा तीन घण्टासम्म यातायातका साधन चल्न सकेनन्।
अहिले विस्तारै यातायातका साधन गुड्न थालेपनि असिना पग्लि नसकेकाले सवारी साधन चिप्लिने गरेको उनले जानकारी दिए। सवारीसाधनको लामो जाम रहेकाले निर्वाधरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४