काठमाडौं – राजधानीमा साहित्यमा सक्रिय युवाहरुको एक समूहले प्रत्येक शनिबार वाल्मीकि क्याम्पसमा रचना वाचन कार्यक्रम गर्दै आएको छ। साहित्यको विकासका लागि भन्दै 'निरन्तर शनिबार' नाम दिइएको उक्त जमातले साहित्यीक कार्यक्रम गर्दै आएको हो।
कार्यक्रममा नेपाली साहित्यका एक विशिष्ट प्रतिभाको प्रमुख आथित्यमा आयोजना गर्ने र रना वाचन गर्नुका साथै प्रमुख अतिथिबाट रचनामाथि टिप्पणी गर्ने गरिएको छ। यसपटकको शृङ्खलामा कवि विश्व सिग्देललाई निम्त्याइएको थियो। कवि सिग्देलले कार्यक्रममा वाचन गरिएका रचनामाथि टिप्पणी गुर्नका साथै यस्ता खाले कार्यक्रमले साहित्यको विकासमा ठुलो टेवा पुर्याउने बताएका थिए। उनले साहित्यीक कार्यक्रमले नै साहित्यको विकासमा टेवा पुर्याउने भएकाले यस्ता खाले कार्यक्रमलाई निरन्ता दिनुपर्ने बताएका थिए।
कार्यक्रममा सोझो गाउँले, पूर्णिमा प्रतिविम्ब, रामप्रसाद जोशी, सुदर्शन शर्मा, यामप्रसाद आचार्य, ललित बिस्ट, चन्द्रबहादुर लामा, सरोज राई, केवल कार्की, टेकराज अवस्थी, इन्द्र लम्साललगायतले रचना बाचन गरेका थिए । यस्तै कवि प्रमोद स्नेहीले आफ्नो धारणा राखेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४