शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी प्रतियोगिताबाट बाहिरियो, महेन्द्रनगरको झिनो आसा जिवित

धनगढी प्रतियोगिताबाट बाहिरियो, महेन्द्रनगरको झिनो आसा जिवित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रियिमर लिग (डिपिएल) टी-२० क्रिकेटको लिग चरणबाट आयोजक टोली धनगढी स्टार्स बाहिरिएको छ। बर्षाले खेल प्रभावित भएपछि स्टार्स र युनाइटेडले १-१ अंक बाढ्दै प्रतियोगिताबाट अनौपचारिक रुपमा बाहिरिएको हो।

शुक्रबारबाट परेको वर्षा शनिबार विहानसम्म पनि कायम रहेपछि मैदानमा पानी जमेका कारण खेल रद्द भएको हो । जित विहिन रहेको आयोजक टोली स्टार्सले आफ्नो चौथो खेलमा युनाइटेडसँग अंक बाँढ्दै अंक तालिकामा एक अंक मात्र जोडेको छ ।

पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिवाईसी अत्तरियासँग ५ रनले पराजित भयो । त्यस्तै आफ्नो तेस्रो खेलमा विराटनगर किङ्ससँग २१ रनको फराकिलो अन्तरले पराजित हुँदै स्टार्स अनौपचारीक रुपमा प्रतियोगिताबाट बाहिरिएको हो । 

यता अर्को घरेलु टोली युनाइटेड पनि सुरुवाती दुई खेलमा पराजित र पछिल्ला दुई खेलमा बर्षाका कारण अंक बाँढ्दै दुई अंक बनाएको छ । हाफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग २ रनको झिनो अन्तरले पराजित भएको युनाइटेड दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा विराटनगर किङ्ससँग बर्षका कारण अंक बाँढ्न बाध्य भएको थियो । अब युनाइटेले आफ्नो अन्तिम खेल जिते अरु टाेलीको नतिजामा भर पर्नु पर्ने छ । दुबै टोलीले एक एक खेल खेल्न बाँकी छ ।

शनिबारका खेल रद्द भएसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा छ । ३ खेल खेलेको काठमाडौं पाँच अंकसहित शीर्ष स्थानमा रहँदा दुई खेल मात्र खेलेको सिवाइसी अत्तरिया ४ अंक सहित दोस्रो स्थानमा छ । 

त्यस्तै तीन खेल खेलेको रुपन्देही ४ अंक सहित तेस्रो, चार खेल खेलेको विराटनगर ४ अंक सहित चौथो, चार खेल नै खेलेको दुई अंक सहित पाँचौ र साविकको विजेता टोली धनगढी चार खेलमा मात्र एक अंक जोड्दै पुछारमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।