आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • महिला अधिकारप्रति प्रतिबद्ध रहेको तालिबानको दाबी, के हो सरिया कानुन?

महिला अधिकारप्रति प्रतिबद्ध रहेको तालिबानको दाबी, के हो सरिया कानुन?

तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। उनले आफूहरू सरिया कानुनका आधारमा महिलाअधिकारप्रति प्रतिबद्ध रहेको पनि बताए।
 |  मंगलबार, भदौ १, २०७८

बीबीसी

बीबीसी

मंगलबार, भदौ १, २०७८

काबुल– तालिबानले सरिया कानुनअन्तर्गत महिला अधिकारप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। उनले आफूहरू सरिया कानुनका आधारमा महिलाअधिकारप्रति प्रतिबद्ध रहेको पनि बताए।

National life

उनले २० वर्षको संघर्षपछि देशलाई मुक्त गरेको र विदेशीलाई निकालेको बताएका छन्। उनले भनेका छन्, ‘यो पूरै देशका लागि गर्वको क्षण हो।’ अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने पनि उनले दाबी गरे। उनले भने, ‘हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौं। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौं।’

सरिया कानुन इस्लामको कानुनी प्रणाली हो। यो इस्लाम ग्रन्थ कुरान र इस्लाम विद्वानहरूको निर्णय फतवाबाट साभार गरिएको हो। यस्तो कानुनले मानिसलाई परिवार, अर्थ अनि व्यापार जस्ता जीवनका सबै पाटाबारे जानकारी दिन सक्छ।

यसमा केही कडा सजाय पनि समावेश छन्। चोरीको सजाय हात काटिदिनु हुन सक्छ भने व्यभिचारको सजाय ढुंगाले हानेर मार्नु हुन सक्छ। तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।

पत्रकार सम्मेलनमा मुजाहिदले भने, ‘निजी क्षेत्रका सञ्चारमाध्यम स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्। सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तर दिँदै तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने जनाएको छ।

Laxmi sunrise bank
kumari

पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिएका छन्। आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताए।


प्रकाशित: Aug 17, 2021| 22:52 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।