शनिबार, साउन १६, २०८३

ट्रम्प-किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सोल- अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ। 

शिखर बैठक तय भई तयारी भइरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरुको चीन भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ। शिखर बैठकको तयारीका लागि भियतनाम जाने क्रममा सो टोली चीन पुगेको दक्षिण कोरियाको समाचार संस्था योन्हापले जनाएको छ। 

श्रोत नखुलाई लेखिएको सो समाचारमा उत्तर कोरियाली टोलीले चिनियाँ उच्च अधिकारीहरुसँग शिखर बैठककै बारेमा परामर्श गरेको उल्लेख गरिएको छ। अमेरिका र उत्तर कोरियाको शिखर बैठकलाई दक्षिण कोरिया र चीनले नजिकबाट नियाल्दै र कतिपय सहजिकरण पनि गरिदिँदै आएका छन्। 

ट्रम्प र किम बीच यसअघि पहिलो शिखर बैठक गत बर्षको जुन महिनामा सिंगापुरमा भएको थियो। पहिलो शिखर बैठकमा उत्तर कोरियाले पूर्ण रूपमा निःशस्त्र हुने घोषणा गरेपनि त्यसको पूर्ण कार्यान्वयन हुनेमा कतिपयले अझै पनि आशंका गरिहेका छन्। 

अब हुन लागेको दोस्रो शिखर बैठकमा ट्रम्पले यो आशंकालाई न्युनिकरण गर्दै थप विश्वास र सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।