शनिबार, साउन १६, २०८३

कहिले खुल्‍छ उपत्यकाको धुम्‍म आकाश?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्लिएको छ। बिहीबारबाटै प्रभावित भएको मौसम आइतबारसम्म नखुल्ने मौसमविद्हरुले बताएका छन्। उपत्यकामा पानी पर्ने पूर्वानुमान गरिए पनि शुक्रबार पनि धुम्म भएको शनिबार पनि खलेको छैन। 

मौसमविद् गंगा नगरकोटीका अनुसार आज शनिबार पश्चिमका धेरै स्थान र मध्य तथा पूर्वका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने भएको छ। काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्। 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा हिमपात भएको छ। मौसम बद्लिएसँगै देशभर चिसो पनि बढेको छ। 

फाल्गुन ०४ गते (शनिबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्यतया बदली रहने देखिन्छ । पश्चिमी भू-भाग र पूर्वी तथा मध्य नेपालका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशको पश्चिमी र मध्य भू-भागमा अंशिक बदलि र पूर्वी भू-भागमा सामान्य बदलि रहने देखिन्छ। पूर्वी तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ ।

फाल्गुन ०५ गते (आइतबार)

दिउँसो : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक वदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।