बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • न्युजिल्यान्ड जहाँ एक जनामा कोरोना हुँदा देशव्यापी लकडाउन

न्युजिल्यान्ड जहाँ एक जनामा कोरोना हुँदा देशव्यापी लकडाउन

न्युजिल्यान्डमा एक व्यक्ति कोभिड–१९ संक्रमित भेटिएपछि सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

विलिङटन– न्युजिल्यान्डमा एक व्यक्ति कोभिड–१९ संक्रमित भेटिएपछि सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउन  घोषणा गरेको छ। न्युजिल्यान्डले कोभिड–१९ संक्रमण विस्तार नहोस् भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ। कोरोना संक्रमित भेटिएको अकल्यान्ड सहरमा एक साता लकडाउन हुने घोषणा गरिएको छ। मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ।

National life

न्युजिल्यान्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन्। न्युजिल्यान्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्। 

न्युजिल्यान्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ। प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताएकी छन्। उनले भनेकी छन्, ‘महामारीसँग जुध्न हामीले स्पष्ट योजना बनाएका छौं। यसका लागि सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी बोध गर्नुपर्नेछ।’

न्युजिल्यान्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो। यहाँ पछिल्लो छ महिनायता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन। एएफपी

प्रकाशित: Aug 17, 2021| 22:01 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।