शनिबार, साउन १६, २०८३

विवेकशील साझाको आँखामा ओलीको एक वर्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा बताउँदै विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएका छन्। 

विवेकशील साझा पार्टीले सरकार गठनको एक वर्ष पुगेको अवसरमा शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सरकारलाई बधाई दिएको हो। विवेकशील साझाले सरकारका काम कारवाहीप्रति भने असन्तुष्टि जनाएको छ। ‘ऐतिहासिक शक्ति बोकेको सरकार हुँदा हुँदै पनि सरकारको काम–कारवाही पीडादायी ढंगबाट निराशाजनक देखियो’, विज्ञप्तिमा उल्लेख छ, ‘भ्रष्टाचार चुलिंदो छ। दण्डहीनताले प्रश्रय पाइरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन्। निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ।’

समाजवाद–उन्मुख भनिएको राज्य विपन्न र गरिव जनताको झुपडीमा पुग्ने कुनै संकेत देखिएको जनाउँदै विवेकशील साझाले सरकारका काम कारवाहिप्रति असन्तुष्टि जनाएको हो। विकास र संवृद्धिलाई मूल नारा बनाएको सरकारले सो हासिल गर्न लागि रणनैतिक प्रस्थान बिन्दु नै पहिल्याउन नसकेको विवेकशील साझाको आरोप छ। 

‘लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण हुँदै गरेको देखिंदै छ। वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्‍याउन आवश्यक कुटनैतिक चातुर्यतामा सरकार पटकपटक चुकेको छ’, बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानप्रति समेत सरकारको असंवेदनशीलता बेलाबखतमा प्रकट हुनु खेदजनक छ।’

विगत एक वर्षको गंभिर समीक्षा गरी अगाडिको बाटो तय गर्न विवेकशील साझाले सरकारलाई आग्रह गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।