शनिबार, साउन १६, २०८३

ट्रिटन फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ट्रिटन इन्टरनेशनल उच्च माध्यमिक विद्यालय र कलेजको आयोजनामा शुक्रबार ट्रिटन फेयर आयोजना गरिएको छ। 

ट्रिटन कलेजमा आयोजित मेलामा ट्रिटन फेयरमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको छ। फेयरको उद्घाटन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेल, कलेजका अध्यक्ष विश्वनाथ प्रसाद शाह र कलेजका प्रिन्सिपल प्रा डा बिहारी विनोद पोखरेलले गरेका थिए। 

उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले गुणस्तरीय शिक्षाको विकासमा ट्रिटनले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गरे ।

कलेजका अध्यक्ष विश्वनाथ प्रसाद शाहले ट्रिटनलाई गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तब्य बनाउने लक्ष्यसहित अघि बढेको बताए । कलेजका प्रिन्सिपल प्रा डा बिहारी विनोद पोखरेलले कक्षाको पढाइ र सैद्धान्तिक सिकाइसँगै यस्ता रचानात्मक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । 



फेयरको उद्घाटन समारोहमा स्वागत मन्तव्य दिदै कलेजका निर्देशक तरुणप्रताप शाहले स्कूल तथा कलेजहरुको भीडमा ट्रिटनले अलग्गै पहिचान बनाउन सफल भएको बताएका थिए।

कलेजका एडमिन तथा अप्रेशन हेड रितु न्यौपानेका अनुसार एक दिने फेयरमा विद्यार्थीको सिर्जना र सिपलाई प्रवद्र्धन गर्ने गरी फुड स्टल, नृत्य, नाटक, गीतलगायतक विविध रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् । 



फेयरमा खानासँगै रमाइलोका लागि इन्डोर गेम, फनका विभिन्न आइटमहरु पनि समावेश गरिएका छन् ।
 
मेलामा हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ। अब वर्षेनी यस्तो मेला आयोजना गरिने कलेजले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।