मंगलबार, मंसिर १९, २०८०

बिग्रेको जहाजका दुई पाइलट : ओली र प्रचण्ड

 |  आइतबार, पुस १६, २०७४
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

sagarmatha cement
काठमाडौं - केपी ओली प्रधानमन्त्री भएको तीन महिनापछि एमाले र माओवादी पार्टीबीच एकीकरण भयो। एकीकरणपछि आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीलाई प्रश्न सोधिएको थियो, ‘एउटा पार्टीमा दुई अध्यक्ष कसरी सम्भव छ?’ ओलीले जबाफ दिएका थिए, ‘टेम्पो हो र एकमात्र चालक हुनका लागि ? यो त जेट हो, जेटमा त धेरैजना पाइलट हुन्छन्।’ तत्कालका लागि ओलीको जबाफमाथि अर्को प्रश्न थिएन।  एमाले र माओवादी मिलेर बनेको ठूलो पार्टीमा दुई अध्यक्ष ठिकै हो कि भन्ने सबैलाई लागेको थियो। तर एक वर्षको अवधिको पार्टी कामको समीक्षा गर्दा त उनीहरुको जहाज (पार्टी) उड्नु त के स्टार्टसम्म हुने लक्षण देखिएको छैन।

वामदेवको असफल प्रयोग

बिग्रेका जेटका यी चालकले पार्टीभित्रको समीकरणमा समेत नेकपामा वामदेवको असफल प्रयोग भयो। उनलाई आफूतिर राख्न कहिले प्रचण्ड र कहिले ओलीले प्रयास गरे। यसको पछिल्लो उदाहरण उनलाई उपचुनाव लडाएर प्रतिनिधिसभाको सदस्य बनाउने र प्रधानमन्त्रीका लागि योग्य बनाएर राख्ने। यसका लागि डोल्पाबाट क्षेत्र छनोट सुरु गरियो। त्यसपछि बाँके र बर्दियाका क्षेत्रमा समेत उनको नाम अगाडि सारेर जनमत बुझ्ने काम भयो। सबैतिरबाट उनलाई चुनाव लडाउने कुरामा असहमति भएपछि अन्तिममा काठमाडांै ७ मा आएर ठोक्कियो। यस क्षेत्रमा पनि उनको उम्मेदवारीको विरोध भएपछि उनलाई प्रतिनिधिसभा सदस्य बनाउने योजना तुहियो। दुवै नेताले अब गौतमलाई चुनाव नलडाउने घोषणा गरे। यसबाट गौतम रुष्ट भए। उनी ओली–प्रचण्ड क्याम्पबाट माधव नेपालतिर सरे।

भद्रगोल पार्टी संगठन

दुई पार्टी एकीकरणअघि माओवादी केन्द्रको तुलनामा एमालेको संगठन बलियो थियो। यसको तलदेखि माथिसम्मको संगठन पद्धति चलायमान थियो। माओवादी केन्द्रीय सदस्यको संख्या चार हजारभन्दा बढी थियो। माओवादी केन्द्रका एकाध छोडेर सबै यस्तै थिए। तर तत्कालीन एमालेका संगठन साना र प्रभावकारी थिए।

जेठ ३ मा पार्टी एकीकरण घोषणा भएपछि जनवर्गीय संगठनले कुनै गतिविधि गरेका छैनन्। पार्टीका लाखौं नेताकार्यकर्ता कामविहीन छन्। अहिले नेकपाको गतिविधि प्रतिबन्धित कालको जस्तै छ। जेठ ३ देखि अहिलेसम्म पार्टीका कुनै ब्यानरमा कार्यक्रम छैन। कुनै जनवर्गीय संगठनको एकीकरण भएको छैन।

चार नेताको विद्रोहले छाडेको झड्का

पार्टीको दिनप्रतिदिन काम सञ्चालन गर्नका लागि नौ सदस्यीय सचिवालय बनेको थियो। सचिवालयमा माधव नेपाल र झलनाथ खनालबाहेक सबै ओली प्रचण्डको पोल्टामा थिए। तर समयले कोल्टो फेर्दै गयो। पार्टी सचिवालयको बैठकसमेत नियमित राखिएन। स्थायी समितिको अधिकार सचिवालय र सचिवालयको अधिकार नेताद्वयले प्रयोग गर्न थाले। यस्ता निर्णय गर्दा पार्टीमा आलोचक छलेर सचिवालय बैठक बस्न थाल्यो। यसबाट नेपाल र खनालसँगै सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र वामदेव गौतमसमेत असन्तुष्ट हुन थाले। पार्टीलाई विधि सम्मत तरिकाले सञ्चालन गर्न गौतम र श्रेष्ठले नेतृत्वमाथि दबाब दिन थाले।

२२ मंसिरमा पार्टीले सचिवालय बैठक बोलाएको थियो। तर निर्धारित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सचिवालय बैठकमा उपस्थित नभएको भन्दै चारजना सदस्यले बहिष्कार गरेका थिए। बैठकमा पार्टी अध्यक्षद्वय ओली र दाहाल निर्धारित समयमा उपस्थित नभएको शीर्षकमा उनीहरूले बैठक बहिष्कार गरेका थिए। तर यसको आन्तरिक पक्ष भने अर्को थियो। पार्टीभित्र ओली–प्रचण्डको एकलौटी चलेको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका थिए। 

मंसिर २२ को सचिवालय बैठकमा चार प्रभावशाली नेताहरुको विद्रोहपछि मंसिर १३ का लागि स्थायी समितिको बैठक बोलाइयो। बैठकभित्र चरम असन्तुष्टि बढेपछि पार्टी एकीकरणको मापदण्ड तयार पार्न रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरियो। कार्यदलमा ओली निकट महासचिव विष्णु पौडेल, शंकर पोख्रेल र रघुवीर महासेठ छन्। कार्यदलमा माधव नेपाल पक्षबाट भने योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल छन्। त्यस्तै पूर्वमाओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, लेखराज भट्ट कार्यदलको सदस्य छन्।

उक्त कार्यदलले टुंग्याएको प्रदेश कमिटीका सदस्यहरू हेरफेर गर्ने एजेन्डाले बैठकमा प्रवेश पाएपछि विवाद चुलिएको थियो।  खासगरी संस्थापन पक्ष प्रदेश कमिटीका सदस्यहरू हेरफेर गर्ने विषयमा सहमत भएन। तर माधव नेपाल समूहका सदस्यहरू केही नामावलीमा हेरफेर गर्नुपर्ने पक्षमा रहे। अधिकांश सदस्यहरु भने मापदण्ड बनाउने र सोअनुसार एकीकरणको काम टुंगो लगाउने पक्षमा रहे। तर ओली र प्रचण्ड यस कुरामा सहमत भएनन्। कार्यदललाई असफल पार्ने प्रयास भयो। तर कार्यदललाई विघटनको अवस्थामा पुर्‍यायो। अहिले पनि सो कार्यदल राजनीतिक रूपमा आइसियुमा थला परेको छ। त्यसले कुनै काम गर्न सकेको छैन।

एसिया प्यासिफिक समिटमा चिप्लिए ओली

मंसिर अन्तिम साता काठमाडौंमा विवादास्पद एसिया प्यासिफिको समिटमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेतासमेत सहभागी भए। त्यसलाई एउटा धर्म प्रचारसँग जोडेर हेरियो। धर्म निरपेक्ष राष्टको प्रधामन्त्रीको हैसियतमा ओलीको सहभागिता त्यति रुचाएको विषय बनेन। यसले नेकपाका नेताहरुमाथि ठ्लो प्रश्न उठायो।

प्रचण्डको दोहोरो भूमिका

पार्टीभित्र ‘खेलकुद’ गर्न रुचाउने अध्यक्ष प्रचण्डको भूमिकासमेत स्पष्ट भएन। उनी काहिले माधव नेपाल नजिक र कहिले ओली नजिक हुने भूमिकामा देखापरे। माधव नेपाल विदेश गएका बेला सचिवालयको बैठक राख्न ओलीलाई सल्लाह दिने तर माधव नेपाल फर्किएपछि ओलीको तरिका ठिक भएन भनेर नेपाललाई उचाल्ने काममै बढी समय खर्च भयो।

भेनेजुएलाले सतहमा ल्याएको चिसो

प्रचण्ड निकट एक नेता भन्छन्, ‘प्रचण्ड शक्तिको प्रयोग नगरी बस्न सक्दैनन्। उनी जसरी पनि शक्तिमा आउन चाहन्छन्।’ पछिल्लो समयमा भेनेजुएलाको राजनीतिक संकटमा पार्टीको अध्यक्षको हैसियतमा विज्ञप्ति जारी गर्दै प्रचण्डले अमेरिकालाई साम्रज्यवादी करार दिएपछि त्यो विवादले नेकपामा ठूलो भुइँचालो ल्यायो। प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई भेटेर सरकारको भाषा नभएको भन्दै प्रचण्डको टङस्लिपको संज्ञा दिए। जुन कुराले प्रचण्डको मनमा चिसो पस्यो। यो प्रकरणपछि नेकपाभित्र नयाँ समीकरणको सम्भावना बढेको छ। फलामले रसायन गरेको ओली सत्ता हल्लन पुगेको छ। २०७५ साल जेठ ३ मा गिरेको नेकपाको जहाज कुनै उड्ने तयारीमा छैन। यो अहिले उड्ने त कुरा छाडौं गुड्ने र हल्लिन सक्ने अवस्थामा छैन। उडान भर्ने कुनै उपकरण देखिँदैन। जहाज ग्राउन्डेड छ। प्रचण्ड र केपी ओलीका हातमात्र जहाज चलेझैं  हल्लिएका छन्। मानौं, दुई कलाकार मञ्चमा कुनै नाटकको अभिनय गरीरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ।
अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई प्रश्न सोध्न पनि जरुरी छ। यो प्रसंग-विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ...
सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन।
यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि जसरी पनि गर्न पाइने भन्ने व्याख्या हुने हो भने अब लोकतन्त्रको विश्वसनियता उपर पनि प्रश्न तेर्सिन सक्छ। सबै सामाजिक सञ्जालहरुको...
नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ। त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन। त्यसैले सरकार...