बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई भेटेपछि अनशन स्थगित गर्न डा केसी सहमत

प्रधानमन्त्रीलाई भेटेपछि अनशन स्थगित गर्न डा केसी सहमत

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि डा केसी अनशन स्थगित गर्न सहमत भएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी अनसन स्थगित गर्न सहमत भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि डा केसी अनशन स्थगित गर्न सहमत भएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ। 

डा केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको थियो। डा केसीले दिएको अल्टिमेटम पूरा हुन दुई दिन मात्र बाँकी रहेको अवस्थामा डा केसीले प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्। भेटमा देउवाले डा केसीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। 

'प्रधानमन्त्री देउवा र डा केसीबीच भएको वार्तामा सहमति भएको छ। डा. केसीले अनसन स्थगन गर्नु भएको छ,' प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ। 

प्रकाशित: Aug 17, 2021| 20:49 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।