एजेन्सी- ब्राजिलियन स्टार खेलाडी नेयमार र फ्रान्सेली युवा स्टार खेलाडी केलियन एमबाप्पेको सम्बन्ध राम्रो रहेको पेरिस सेन्ट जर्मन (पिएसजी)का अध्यक्ष नासेर अल-खेलाइफीले बताएका छन् ।
हुन त क्लबका अध्यक्ष अल-खेलाइफीले दुबै खेलाडीको सम्बन्ध कस्तोछ भनी नबताएका पनी, खेलाडी द्वयको सम्बन्ध खेल दौरान मज्जैले हेर्न सकिन्छ । दुबै खेलाडीले पनि एक अर्काबीचको सम्बन्ध समधुर रहेको बताउँदै आएका छन् ।
दुबै खेलाडी एक अर्कासँगै खेल्न निकै खुसी हुने गरेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तर, एमबाप्पेले किन उरुग्वेका स्टार खेलाडी एडिसन काभानीलाई राम्रो मान्दैनन् ।
यती सम्मकी एमबाप्पेले खेल दौरान पाएको पेनाल्टी प्रहार नेयमारले हानुन भन्ने चाहन्छन् । कभानीले प्रहार गर्न खोजेको पेनाल्टी किक एमबाप्पेले खोस्दै नेयमारलाई दिन सम्म भ्याए । यसबाट बुझीन्छ की एमबाप्पेको सम्बन्ध नेयमार जस्तो कभानीसँग रहेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४