शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७८ लाख घुस खाने अख्तियारका आयुक्तविरुद्ध महाअभियोग !

७८ लाख घुस खाने अख्तियारका आयुक्तविरुद्ध महाअभियोग !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले ओली सरकारको समिक्षा र अख्तियारका आयुक्तको घुस प्रकरणलाई मुख्य समाचार बनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर समालेको एक वर्ष पुरा भएको छ । यसैको सन्दर्भमा बिहीबार उनले देशवासीलाई सम्बोधन गर्दै मुलुकमा आर्थिक समृद्धिको आधारशिला खडा भएको दावी गरेका थिए । उनले सरकारले एक वर्ष राज्यको संरचनागत व्यवस्थापनका लागि खर्च गरेको बताएका थिए । 

उनको भाषणलाई आधार मानेर नागरि दैनिकले ओली सरकाको एक वर्षः समृद्धिको जग बस्यो शीर्षकमा मुख्य समाचार छापेको  छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गतिशून्य बनेको भनि टिप्पणी गरेको विषयलाई उपशीर्षक दिएर खबर लेखेको छ । 

अन्नपूर्ण पोस्ट्ले पनि प्रधानमन्त्री ओलीले बिहीबार देशवासीका नाममा गरेको सम्बोधनलाई नै मुख्य समाचार बनाएको छ । उसले खाली भाँडो आधा भरियो शीर्षकमा खबर लेखेको  छ। यस्तै उसले विपक्षी दल कांग्रेसको टिप्पणीलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले सपना मात्रै बाडेको परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेको छ । 

कान्तिपुर दैनिकले भने अख्तियारका आयुक्त राजनारायण पाठकको घुस प्रकरणलाई मुख्य समाचार बनाएको छ । उसले पाठकको घूस प्रकरणः कार्यालय अख्तियार, अखडा तीनकुने शीर्षकमा खबर छापेको छ । उनको घुस प्रकरण सार्वजनीक भएपछि सत्तारुढ दल नेकपाले आयुक्त पाठकविरुद्ध महाअभियोगको प्रस्ताव लाने तयारी गरेको छ । 

नागरिक दैनिकले पनि आयुक्त पाठकको घुस प्रकरणलाई एङ्कर न्यूज बनाउँदै राजीनामा नदिए महाअभियोग शीर्षकमा खबर छापेको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्तिले घुस लिएको सार्वजनिक भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाअभियोग प्रस्ताव दर्ता गर्न लागेको हो । उनले मुद्दा मिलाउने बाहानामा ७८ लाख घूस लिएको सार्वजनीक भएको थियो । 

आजको नयाँ पत्रिकाले भने मुलुकमा चाहिने भन्दा ज्यादा सेना रहेको त्यो पनि व्यापार र व्यक्तिगत काममा प्रयोग भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

जनसंख्याको अनुपातमा चीनमा भन्दा दोब्बर र भारतमा भन्दा तेब्बर सेना नेपालमा रहेको समाचारमा उल्लेख छ । ९६ हजार ५ सय ९९ दरबन्दी रहेको नेपाली सेनामा शान्ति मिसनदेखि व्यपार र घरेलु कामदारसम्म ४१ हजार सैनिक खटिएका छन् । ५५ हजार निष्कृय देखिन्छन् । नयाँ पत्रिकाले कुन कुन ठाउँमा कति सेना खटिएका छन् भन्ने विवरण पनि छापेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।