शनिबार, साउन १६, २०८३

भेरीमा बस खस्दा चारको मृत्यु, छ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालगन्जबाट रुकुमपश्चिमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। 

भे १ ख १३२९ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका-१ को खलंगा-रिम्ना सडक खण्डको पिपेगाउँ नजिकैबाट भेरी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख रविन्द्रबहादुर सिंहका अनुसार घटनास्थलमा चार जनाको शव भेटिएको छ भने ६ जना घाइते भएका छन्। 

घाइते र मृतकको विवरण खुल्न बाँकी छ। बस आज साँझ करिव ७ बजेतिर दुर्घटना भएको हो। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्धारमा खटिएको छ। 

दुर्घटनास्थलमा प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा २५ जनाको प्रहरी टोली खटिएको छ। बस सडकदेखि करिब दुई सय मिटर तल भेरीनदी किनारमा खसेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।