धनगढी- सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ। प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो।
सुदूरपश्चिमको बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन्। बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर तोकिएको छ।
पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा तोकिएको छ। यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाँउपालिकाको नाम खप्तड छेदेदह गाँउपालिका राखिएको छ।
यस्तै, बझाङको काँडा गाँउपालिकाको नाम साइपाल, डोटीको वोगटान गाँउपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाँउपालिकाको केन्द्र ओमनगर तोकिएको छ।
डडेल्धुराको नवदुर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर राखिएको छ। बैतडीको सिगास गाँउपालिकाको केन्द्र गर्जे राखिएको छ। धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाँउपालिकाको केन्द्र रातामाटा कायम गरएको छ।
संघिय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो।
सूची
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४