शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक लेखा समितिको विषयमा प्रदेश २ मा चर्कियो विवाद

सार्वजनिक लेखा समितिको विषयमा प्रदेश २ मा चर्कियो विवाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रदेश नम्‍बर दुईको सार्वजनिक लेखा समितिको मनोनयन दर्ता सम्बन्धमा विवाद हुँदा नेकपा सांसदले सभामुखमाथि झन्डै हातपात गरेका हुन्। 

नेकपा सांसदले मनोनय दर्तामा सभामुख सरोज यादवले राजनीति गरेको भन्दै हातपात गर्न खोज्दा विवाद चर्किएको छ। 

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा सांसद भरत साहले मनोनयन दर्ता गराएका थिए। मनोनयन दर्ताको निर्धारित समय भन्दा दश मिनेट अघि कांग्रेसका सांसदले पनि नेकपाकै सांसद शत्रुधन महतोको नाम मनोनयनका लागि दर्ता गराउन आउँदा भरत साहले उक्त मनोनय पत्र च्याते पछि विवाद भएको थियो। 

संसद सचिवालयले समय सकिन दश मिनेट बाँकी भएकोले मनोनयन दर्ता गर्न मिल्ने निष्कर्ष सुनाएको थियो। अहिले सभामुख सरोज यादवसहित नेकपा संसदीय दलका सन्तनारायण मन्डललगात सांसदहरुबीच छलफल भइरहेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।