शनिबार, साउन १६, २०८३

समृद्धिको आधार तयार भएको प्रधानमन्त्रीको दाबी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफनो कार्यकालमा समृद्धिको आधार तयार भएको बताएका छन्।  आफ्नो नेतृत्वमा बनेको सरकारको एक बर्ष कार्यकालबारे बिहीबार देशवासीलाई संवोधन गर्दै उनले यस्तो बताएका ह्नु। उनले राजनीतिक स्थिरता भएकोले समृद्धिको आधार तयार भएको बताए। 

उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताए। 

औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले बताएका छन्।

त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन्।

 त्यस्तै ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ 
३६ जिल्लामा स्वस्थ्य बिमा कार्यक्रम सचालन गरिएको, सबै विद्यार्थीहरुलाई सयमानै पाठ्या पुस्तक उपलब्ध भएको दावी गरे। उनले २ बर्ष भित्र सबै स्थानीय निकायमा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको बताए।  

उनले भ्रष्‍टाचार आफुले पनि नगर्ने र अरुले गरेको पनि नसहने बताए। ‘मुखमा पानी हालेर म बोलीरहेको छैन, म आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि छोडिदिन’ ओलीले भने शान्ति सुरक्षा चुस्त पारिएको र गुण्डागर्दी नियन्त्रण गरिएको बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।