काठमाडौं – त्रिभुवन विश्व विद्यालयको जग्गा राजनीतिक सेटपमा हडप्न खोजिएको भन्दै सांसदहरुले सरकारसँग जवाफ माग गरेका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले त्रिभुवन विश्व विद्यालयको जग्गालाई ब्यापारिक मुनाफाका लागि दिन खोजेको भन्दै सरकारसँग त्यसको जवाफ माग गरेका थिए।
केही दिन पहिले नेपाल समयले खोजपूर्ण प्रकाशित गर्दै लामो समयसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालय रहेको जमलस्थित जग्गामा गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको दबाबमा व्यापारिक भवन बनाइने भन्दै समाचार प्रकाशित गरेको थियो।
याे पनि पढ्नुहाेस्,
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४