शनिबार, साउन १६, २०८३

पानीजहाज अब सपनामात्रै रहेन  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले पानीजहाज चलाउन कार्यालय स्थापना गरेको छ । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्‍तरगत ललितपुरको एकान्तकुनमा स्थापना भएको कार्यालयको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका छन् । 

उनले कार्यालयको उद्घाटन गर्दै उनले अब पानी जहाज सपनामा मात्रै सिमित नभएको टिप्पणी गरे । पानीजहाजलाई मजाकमा उडाउनेहरुलाईले अब गतिलो जवाफ पाउने उनको भनाइ छ । कार्यालयमार्फत चाडै पानी जहाज ल्याउने कामले मूर्तरुप पाउने उनको  जिकीर थियो ।  

गत माघ ३ गतेको मन्त्रीपरिषद बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसको एक महिनापछि कार्यालय स्थापना गरिएको हो ।

कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी यसअघि नै सरकारले स्वीकृत गरिसकेको छ । कार्यालय स्थापना भएपछि पानीजहाज संचालन गर्ने औपचारिक कार्यको थालनी हुने मन्त्रालयले जनाएको छ । १५ दिनभित्र पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकाल्ने योजना मन्त्रालयको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।