शनिबार, साउन १६, २०८३

कलाकार यसरी मनाउँदैछन् भ्यालेन्टाइन डे 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- 'भ्यालेन्टाइन डे' अर्थात् 'प्रेम दिवस'। हरेक वर्ष फेब्रुअरी १४ मा यो उत्सव प्रेमिल मनहरुले विशेष रूपमा मनाउँछन्। विश्वभरका युवायुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेको पाइन्छ। पश्चिमा देशमा मनाइँदै आएको 'भ्यालेन्टाइन डे' पछिल्लो समयमा नेपालमा पनि धेरैले मनाउन थालेका छन्।

नेपालका कलाकार र गायकगायिकाले पनि 'भ्यालेन्टाइन डे' लाई बिशेष उत्सवका रुपमा मनाउने गरेका छन्। केही सेलिब्रेटीहरुको यस्तो छ 'भ्यालेन्टाइ डे' तयारी - 

प्रमोद खरेल 

प्रमोद खरेल व्यस्त गायक हुन्। यतिबेला उनी 'सप्तरंग टुर' मा छन्। देशका विभिन्न सहरमा सांगीतिक कार्यक्रम गर्ने क्रममा प्रमोदको टिम फागुन २ अर्थात 'भ्यालेन्टाइन डे' मा पोखरा पुग्नेछ। प्रमोदले यसपालिको 'भ्यालेन्टाइन डे' साथीहरुसँगै पोखरामा मनाउने तयारी गरेका छन्। यसअगाडिका वर्षमा पनि उनले विभिन्न स्टेज प्रोग्रामहरुमा नै 'भ्यालेन्टाइन डे' मनाउने गरेका थिए। उनले 'भ्यालेन्टाइन डे' का लागि भनेर स्पेसल समय भने नछुटाएको बताए। उनले 'भ्यालेन्टाइनडे' मनाउनका लागि स्पेसल कोही नभएको पनि बताए।

प्रियंका कार्की

चर्चित नायिका प्रियंका कार्कीले भने 'भ्यालेन्टाइन डे' लाई विशेष उत्सवका रुपमा नमनाउने प्रतिक्रिया दिइन्। उनले घरमै बसेर परिवारसँगै रमाइलो गर्ने बताइन्। आफूले मन पराएको मान्छेसामु प्रेम व्यक्त गर्न दिन नै कुर्नु नपर्ने उनको धारणा छ। एक दिन निकै प्रेम गर्ने र अरू वास्ता नगर्ने प्रवृत्तिले प्रेमको सम्मान नहुने उनले बताइन्।

'भ्यालेन्टाइनडे' को पनि आफ्नै महत्त्व रहेकाले यस दिनको पनि सम्मान हुनुपर्ने उनको भनाइ छ। नायिका कार्कीले आफूले 'भ्यालेन्टाइन डे'लाई विशेष उत्सवका रुपमा मनाउने गरेको नभए पनि सबै शुभचिन्तकहरुलाई शुभकामना दिएकी छन्।

आस्था राउत

आस्था राउत यतिबेला झापामा छिन्। झापाको मंगलबारेमा आयोजित महोत्सवमा प्रस्तुति दिन उनी झापा पुगेकी हुन्। झापाका दर्शकश्रोता माझमै उनले 'भ्यालेन्टाइन डे' मनाउने योजना बनाएकी छन्। 'भ्यालेन्टाइन डे' मनाउने मान्छे नै नभेटेको बताउँदै रावतले भेटेपछि नै स्पेसल रुपमा मनाउने बताइन्।

स्कुल/कलेज लाइफको स्मरण गर्दै राउतले थुप्रैले प्रेम प्रस्ताव राख्ने गरेको बताइन्। 'स्कुल पढ्दाखेरी टिनेजर साथीहरुले फूल दिने, प्रपोज गर्ने गर्नुहुन्थ्यो', उनले भनिन्, 'तर, म भने त्यसरी प्राप्त भएका फूलहरु साथीहरुलाई दिएर कसैलाई प्रपोज गर्न उस्काउने गर्थे। यसरी रमाइलो गरिन्थ्यो त्यो समयमा।'

हाइस्कुल पढ्दा साथीहरुसँग मिलेर वसन्तपुरतिर घुम्न जाने गरेको आस्थाले बताइन्। सधैं आठ बजे बेलुका घर पुग्ने आफ्नो नियमित सेडुल भएकाले पनि त्यस्तो स्पेसल प्रोग्राम हुने नगरेको उनले बताइन्। राउतले निडर र आफ्ना कुरा निर्धक्क राख्न सक्ने स्वभाव भएकाले पनि मान्छेहरुले धेरैथरी कुरा गर्ने हिम्मत नराख्ने गरेको उनको भनाइ छ।

वर्षा राउत

नायिका वर्षा राउतका लागि भने यस वर्षको फागुन २ अर्थात् 'भ्यालेन्टाइन डे' खास हुने भएको छ। लामो समयदेखि संजोग कोइरालासँग प्रेममा रहेकी वर्षा 'भ्यालेन्टाइन डे' कै दिन परिणयसूत्रमा बाँधिन लागेकी हुन्। उनीहरुले फागुन २ प्रेम गर्नेहरुका लागि खास दिन भएकाले सोही दिन वैवाहिक जीवनमा बाँधिन लागेको बताएका थिए।

लक्ष्मी आचार्य

पछिल्लो पुस्ताकी हट एवम् चर्चित गायिका हुन् लक्ष्मी आचार्य। विगत केही वर्षदेखि आचार्य 'भ्यालेन्टाइन डे' विभिन्न सांगीतिक कार्यक्रमहरुमा सहभागी हुँदै मनाउँदै आएकी छन्। यसपालि पनि उनी काठमाडौंको दरबारमार्ग तथा ललितपुरको एउटा कार्यक्रममा सहभागी भएर 'भ्यालेनटाइडे' मनाउने तयारीमा छिन्।

उनी 'भ्यालेन्टाइन डे'लाई प्रेमिल मनहरुको उत्सवका रुपमा लिन्छिन्। 'यो एक वर्षको प्रतीक्षापछि आउने दिन हो। यसै दिन धेरैले आफूले चाहेको मान्छेलाई मनको कुरा भन्ने गर्छन्', उनले भनिन्, 'मलाई पनि केही दिन पहिलेबाट नै विभिन्न व्यक्तिबाट प्रेम प्रस्ताव आउने गरेका छन्। त्यो मेरा शुभचिन्तकको माया हो। त्यसलाई मैले सहज रूपमा लिँदै धन्यवाद दिने गरेकी छु। तर, उनले अहिलेसम्म मन मिल्ने मान्छे भने नपाएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।