शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोलियम पदार्थमा मिसावट पाइएपछि पम्पमा शिलबन्दी

पेट्रोलियम पदार्थमा मिसावट पाइएपछि पम्पमा शिलबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- वीरगंज महानगरपालिकाको बाइपासमा अवस्थित बोलबम पेट्रोल पम्पमा स्थानीय प्रशासनले शिलबन्दी गरेको छ । पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा छानबिनको लागी जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार साँझ शिलबन्दी गरिदिएको हो ।

वीरगंज-१४ बाइपास सडक पिपरामा रहेको बोलबम पेट्रोल पम्पले पेट्रोलियम पदार्थ डिजेलमा पानी मिसाएर बिक्री गर्ने गरेको आरोप लगाइएको छ ।

 यो पम्पबाट बुधवार दिउँसो डिजेल भरेका दुईवटा सवारी साधनको इन्जिन बिग्रिएर बन्द भएको गुनासो आएपछि अनुसन्धानको लागी शिल गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।  नेपाल आयाल निगम र नाततौल गुणस्तर कार्यालयका प्राविधिकबाट पेट्रोलियम पदार्थको नमूना संकलन गरी नेपाल आयाल निगम, अमलेखगंज पठाउने तयारी भएको बताए । 

कलैया-२३ बैराठपुर निवासी अनिल पटेलले  कारको लागी ४० लिटर डिजेल खरिद गरेका  थिए। कारमा तेल भरेर गण्डक नहरतर्फ जाँदै गर्दा बाइपास सडकमा अवस्थित हनुमान मन्दिर नजिकै कार बन्द भएको थियो । 

सिप्रदी ट्रेडिङ प्रालिको ट्रकको लागी खरिद गरिएको २५० लिटर डिजेलमा पानी मिसिएको फेला परेको छ। ट्रक बिग्रिएपछि सिप्रदी ट्रेडिङले वडा प्रहरी कार्यालय, श्रीपुरमा उजुरी गरेको प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।